गुराँस लाइफ र मुक्तिनाथबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौंः गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । शुक्रबार बैंकमा आयोजित कार्यक्रममा गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण भट्टराई र बैंकका उपप्रमुख कार्यकारी अधिकृत प्रध्युमन पोखरेलले हस्ताक्षर गरे ।

बैंकका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजनासहित १२ वटा जीवन बीमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाबीच सम्झौता भएको जनाइएको छ ।

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा अब सहजरुपले लिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement