साताको सेयरबजार निराशाजनक, नप्से २० अंकले घट्यो कुनै समूहमा सुधार देखिएन

Advertisement

काठमाडौंः यो साता सेयर बजार परिसुचक नेप्से २० दशमलव ४९ अंकले घटेर एक हजार ३९१ अंक कायम भएको छ । कारोबार भने १३ दशमलव ३१ प्रतिशतले बढेर एक अर्ब ५५ करोड रुपियाँको सेयर किनबेच भएको छ ।

अघिल्लो साता दुई दिन सार्वजनिक विदा परेकाले कारोबार कम देखिए पनि तुलनात्मक हिसावले यो साताको कारोबार गत साताको भन्दा कम हो । यो साता कुल १७२ कम्पनीको १६ हजार ७६९ कारोबारमा ४१ लाख ९६ हजार ४९० कित्ता सेयर किनबेच भयो ।

समूहगत कारोबारतर्फ हेर्दा यो साता बाणिज्य बैंक समूह १५ अंकले घटेको छ भने विकास बैंक १२ दशमलव ४९ अंकले, वित्त आठ दशमलव ५३ अंकले, लघुवित्त ३६ दशमलव ८२ अंकले, होटल ५२ दशमलव ३९ अंकले, जलविद्युत ५१ दशमलव ९५ अंकले, बिमा १६१ अंकले, उत्पादनूलक समूह ३३ दशमलव २५ अंकले, व्यापार समूह तीन दशमलव ६३ अंकले र अन्य समूह चार दशमलव १८ अंकले घटेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ९४ अंकले घटेर २९४ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (१६ करोड ४७ लाख १० हजार रुपियाँ) र कारोबार भएको सेयर संख्या (चार लाख ६१ हजार कित्ता)को आधारमा पनि नेपाल बैंक अग्रस्थानमा रह्यो भने कारोबार संख्या (४०३ वटा)को आधारमा कुमारी बैंक अग्रस्थानमा रह्यो ।

यो साता नेप्सेमा छ वटा कम्पनीका सेयरहरु सुचिकृत भए । जसमा बैंक अफ काठमाडौंको एफपीओ, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर र छिमेकी लघुवित्त वित्तीय संस्था, आइसीएफसी फाइनान्स, सोल्टी होटल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको हो ।

Advertisement

Advertisement

Advertisement