नेविप्रा कर्मचारी युनियनले २९ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न गर्यो केन्द्रियसभा

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणमा क्रियाशील एमालेनिकट कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले २९ बुँदे प्रस्ताव पारित गर्दै आफ्नो दशौं केन्द्रियसभा सम्पन्न गरेको छ ।

धनगढीमा शुक्रबार आयोजित यस सभाको उद्घाटन एमालेका वरिष्ठ नेता माधव नेपालले गरेका थिए । नेपालबाहेक कार्यक्रममा एमालेका सचिव गोकर्ण विष्ट, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्राधिकरणका अन्य युनियनका प्रतिनिधि सहभागी थिए ।

सभा उद्घाटनअघि युनियनसम्वद्ध प्राधिकरणका कर्मचारीहरुले विभिन्न नाराअंकित प्लेकार्ड, व्यानर, सन्देमूलक झाँकीसहित र्याली गरेका थिए । देशभरका ५७५ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी रहेको जनाइएको सभाले २९ बुँदे प्रस्ताव पारित गरेका छ । पारित प्रस्ताव यस्ता छन्ः

  1. यो सभा मुलुकमा संघीय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्दै जारी भएको नेपालको संविधान २०७२ अनुरुप राज्यका तिनै तह संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भै संविधान कार्यान्वयन भएको सन्दर्भमा सवै राजनीतिक दल, सम्पूर्ण पेशाकर्मी तथा आम नेपाली दाजुभाइ दिदीवहिनीहरुमा हार्दिक वधाइ ज्ञापन गर्दछ ।

  2. यो सभा सुखी नेपाली समृद्ध नेपाल बनाउने महाअभियानका लागि सहमति र सहकार्य गर्दै अघि बढ्न सम्पूर्ण राजनैतिक दलहरुसंग अनुरोध गर्दछ ।

  3. यो सभा राज्यको संघीय संरचना अनुरुप नेपाल विद्युत प्राधिकरणको पुनः संरचना गर्दा संस्थामा क्रियाशील ट्रेड युनियनहरुसंगको परामर्स विना नगर्न जोडदार आग्रह गर्दछ ।

  4. यो सभा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने नाममा सस्ता र आकर्षक आयोजनाहरु विदेशी कम्म्पनीहरुलाई सुम्पने र तीनै आयोजनाहरुवाट अमेरिकी डलरमा भूक्तानी दिनेगरी महंगोमा विद्युत खरिद गर्ने जस्ता गलत कार्य नगर्न जोडदार आग्रह गर्दछ ।

  5. यो सभा दीर्घकालिन रुपमा नेपाल विद्युत प्राधिकरणलाई अस्वभाविक आर्थिक भार पर्ने गरी भर्खरै गरिएको रसुवा भोटेकोशी र माथिल्लो त्रिशुलि १ को विद्युत खरिद सम्झौता वदर गर्न जोडदार माग गर्दछ ।

  6. यो सभा जल विद्युतमा आत्मनिर्भर बन्न सस्ता र आकर्षक आयोजनाहरु नेपाल विद्युत प्राधिकरणलाई उपल्बध गराउन जोडदार आग्रह गर्दछ ।

  7. यो सभा नेपाल विद्युत प्राधिकरणले अघि सारेका जल विद्युत कम्पनि लगायत अन्य कम्पनिहरुको लगानी मोडल सार्वजनिक गर्न र आकर्षक आयोजनाहरुमा ने.वि.प्रा.को अधिकतम शेयर रहने गरी ने.वि.प्रा.मा कार्यरत कर्मचारी तथा अन्य राष्ट्रसेवक कर्मचारीहरु र जनताको शेयर सुनिश्चित रहने गरी निर्माण गर्न जोडदार आग्रह गर्दछ ।

  8. यो सभा नेविप्राले सञ्चालन गरेका जल विद्युत आयोजनाहरु माथिल्लो त्रिशुली ३ ए, कुलेखानी तेश्रो, माथिल्लो तामाकोसी, चिलिमेका सहायक कम्पनिहरुबाट निमार्णाधिन आयोजनाहरुको यथासिघ्र निर्माण सम्पन्न गर्न जोडदार माग गर्दछ ।

  9. यो सभा माथिल्लो तामाकोशी जलविद्युत आयोजना, रसुवागढी जलविद्युत आयोजना, सान्जेन जलविद्युत आयोजना र मध्य भोटेकोशी जलविद्युत आयोजना सम्पन्न हुने चरणमा रहेको र अपर तामाकोशी हाइड्रो पावर लिमिटेड तथा चिलिमे जलविद्युत कंपनि लिमिटेडसंग तत्काल निर्माणमा जाने नयां आयोजना नभएकोले सार्वजनिक क्षेत्रका ती जलविद्युत कंपनिहरुलाई उपयुक्त जलविद्युत आयोजनाहरु उपलव्ध गराउन जोडदार माग गर्दछ ।

  10. यो सभा प्रसारण लाईन नवन्दा हुने थप आर्थिक नोक्सानीबाट नेपाल विद्युत प्राधिकरणलाई बचाउन जोडदार आग्रह गर्दछ ।

  11. यो सभा जनताले प्राप्त गर्नु पर्ने सेवा, सुविधाहरु प्रति सचेत रहंदै जनताको माग अनुसार भरपर्दो वद्युत सेवा उपलब्ध गराउन जोडदार आग्रह गर्दछ ।

  12. यो सभा नेपाल विद्युत प्राधिकरणको चल अचल सम्पति सार्विजनिक गर्न, पुराना काम नलाग्ने मेसिन तथा सामानहरुको पहिचान गरी लिलाम गर्न र बन्द रहेका साना जलविद्युत आयोजनाहरु  सञ्चालन गर्न सकिने वा नसकिने सन्दर्भमा समेत अध्ययन गरी सोको आधारमा उचित व्यवस्थापन गर्न जोडदार आग्रह गर्दछ ।

  13. यो सभा पुर्व सम्माननिय प्रधान मन्त्री के.पि.शर्मा ओली नेतृत्वको सरकारले अगाडी सारेका सौेर्य उर्जा र वायु उर्जाले नेपाल विद्युत प्राधिकारणलाई जे जति आर्थिक भार पर्दछ सो वापतको एकमुष्ट रकम नेपाल विद्युत प्राधिकरणलाई उपलब्ध गराउन जोडदार आग्रह गर्दछ ।

  14. यो सभा प्रदेश नं. ७ लाई आर्थिक रुपमा समुन्नत बनाउन प्रदेशका जनताहरु, नेपाल विद्युत प्राधिकरण र नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुको संलग्नतामा करिब १० देखि ५० मे.वा. सम्मको एउटा जलविद्युत आयोजा प्रदेश नं. ७ मा निर्माण गर्न यो सभा जोडदार आग्रह गर्दछ ।

  15. अध्ययन सम्पन्न भै तत्काल निर्माणमा जान सक्ने अवस्थामा रहेको हाल सम्मको ठुलो जलासययुक्त बुढिगण्डकी आयोजना सम्पन्न हुदा मत्स्यपालन, जलयातायात र पर्यटनको समेत विकाश हुने हुनाले उक्त आयोजनाको अनुमानित लागत पुनरावलोकन गरी प्रतिस्पर्धात्मक विधिवाट राज्यकै लगानिमा निर्माण गर्न यो सभा जोडदार माग गर्दछ ।

  16. यो सभा जलाशययुक्त जलविद्युत आयोजनाहरुमा जनस्तरवाट लगानी संभावना न्युन हुने भएकाले दुधकोशी, तमोर, उत्तरगंगा लगायतका आयोजनाहरु राज्यको लगानीमा निर्माण गर्न जोडदार आग्रह गर्दछ ।

  17. यो सभा नेपाल विद्युत प्राधिकरणको लागि आवश्यक पर्ने बस्तु वा सेवा खरिद गर्दा प्रतिस्पर्धात्मक विधि अपनाउन जोड दिदै सामुदायिक विद्युतिकरणलाई नेपाल विद्युत प्राधिकरणबाटै नियन्त्रण गर्न जोडदार आग्रह गर्दछ ।

  18. यो सभा नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरु अत्यन्त जोखिमयुक्त कार्यमा सक्रिय हुुनुपर्ने र समय सापेक्ष सेवा सुविधाहरु प्रयाप्त नभएकाले कर्मचारीहरुको मनोवल वृिद्ध गर्न कृयाशिल युनियनहरु र व्यवस्थापन बिच विगतमा भएका सहमति सम्झौताहरु यथासिघ्र लागु गर्न जोडदार आग्रह गर्दछ ।

  19. यो सभा जोखिमपूर्ण काम गर्ने कर्मचारीहरुलाई पेशाजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धित तालिम उपलब्ध गराउन जोड दिनुका साथै नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रलाई प्रभावकारी बनाउन जोडदार आग्रह गर्दछ ।

  20. यो सभा नेपाल विद्युत प्राधिकरणको विद्यमान कर्मचारी सेवा विनियमावलीमा भएका कतिपय प्रवाधानहरु संस्था तथा कर्मचारीको हितमा नभएकाले त्यस्ता प्रावधानहरु सच्याउन जोडदार आग्रह गर्दछ ।

  21. यो सभा पद अनुसार दिएको जिम्मेबारी पुरा गरेपनि हुने नगरेपनि हुने संस्कृतिको अन्त्य गरी राम्रो काम गर्नेलाई प्रोत्साहन र काम नगर्नेलाई कार्यवाहीको पद्धति कडाईका साथ लागु गर्न जोडदार आग्रह गर्दछ ।

  22. यो सभा वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका कार्यालयहरुमा भ्एच् कार्यान्वयनमा आउन नसक्नुको कारण पहिचान गरी प्रभावकारी ढंगबाट कार्यान्वयनमा ल्याउन जोडदार आग्रह गर्दछ ।

  23. यो सभा उपदान कोषमा जम्मा भएको रकम अधिकतम् प्रतिफल कसरि प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा विज्ञहरुको राय लिई सेको आधारमा रकम लगानी गर्न जोडदार आग्रह गर्दछ ।

  24. यो सभा हरेक बर्ष नेपाल राष्ट्र बैंकवाट सार्वजनिक हुने महगी सुचकाङ्कका आधारमा बिद्युत महशुल समायोजन हुने स्वचालित पद्धतिको सुनिश्चितताको लागि जोडदार माग गर्दछ ।

  25. यो सभा नेपाल विद्युत प्राधिकरणमा कार्यरत सबै कर्मचारीहरुले उपदान वा पेन्सन रोजेर लिन पाउने व्यवस्था लागु गर्न जोडदार आग्रह गर्दछ ।

  26. यो सभा विगत २०७३ माघ महिनामा गरिएको सरुवामा मर्का परेका कर्मचारीहरुको माग अनुसारको सरुवा सम्बोधन गर्न जोडदार आग्रह गर्दछ ।

  27. यो सभा १ र २ तहका कर्मचारीहरुको व्यवस्थापन गर्न यथासिघ्र इ७ः रिभाईज गरी विनियममा समावेस गर्न जोडदार आग्रह गर्दछ ।

  28. यो सभा सम्पूर्ण प्रगतिशिल तथा देशभक्त कर्मचारीहरुको एउटामात्र सशक्त टे«ड युनियन निर्माणका लागि वातावरण तयार गर्न नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल सम्बन्धित सबैसंग अपिल गर्दछ ।

  29. यो सभा आफ्नो अमुल्य समय प्रदान गरी प्रमुख अतिथिको भुमिका निर्वाह गर्नु हुने पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल, विशेष अतिथिको भुमिका निर्वाह गर्नु हुने

Advertisement

Advertisement

Advertisement