प्रदेश २ मा राजपा र फोरमले गरे सत्ताको भागबण्डा, मुख्यमन्त्री फोरमलाई, सभामुख राजपालाई

Advertisement

जनकपुरधामः संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ मा सत्तासाझेदारी गरेका छन् । शनिबार साँझ बसेको दुई दलको बैठकले सभामुख, उपसभामुख र मुख्य मन्त्री समेत सात मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।

जसअनुसार फोरमले मुख्यमन्त्रीसँगै उपसभामुख, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ भने राजपाले सभामुख, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ।

सहमति पत्रमा फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सही गरेका छन्। यस प्रदेशमा मधेस केन्द्रीत दलहरुको बहुमत रहेको छ ।

Advertisement

Advertisement

Advertisement