रोनाल्डोको ह्याट्रिकमा सोसिडाइविरुद्द रियलको सानदार जित

Advertisement

एजेन्सीः स्पेनीस ला लिगा फुटबल अन्तर्गत भएको खेलमा रियल मड्रिडले रियल सोसिडाईलाई सहज रुपमा पराजित गरेको छ । गए राति भएको खेलमा साबिक विजेता मड्रिडले सोसिडाइलाई ५-२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरे । सान्टियागो बेर्नाबेउमा खेलको पहिलो मिनेटमा रियलका लागि भाजक्वेजले गोल गरे । पहिलो हाफको २७औं मिनेटमा रोनाल्डोले गल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । खेलको ३४औं मिनेटमा क्रुसले, ३७औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गरेपछि पहिलो हाफमा रियलले ४-० को अग्रता लियो ।

खेलको ७४औं मिनेटमा सासिडाइका बौटिस्टाले गोल गर्दै खेलमा फर्कने कोसिस गरे । ८०औं मिनेटमा रोनाल्डोले ह्याट्रिक गरेपछि रियलले खेलमा ५-१ को स्थितीमा खेल रह्यो । ८३औं मिनेटमा सोसिडाइका इल्लारामेन्दीले गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन ।

जितसँग रियल मड्रिड २२ खेलबाट लिगमा ४२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

Advertisement

Advertisement

Advertisement