शीर्ष दुईमा रहनको लागि युएईलाई जित्नै पर्ने दबावमा नेपाल

Advertisement

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिता अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज सयुंक्त अरब ईमिरेटस् ( युएई) को सामना गर्दै छ । यसअघि दुई खेल खेलेको नेपालले एकमा जित र एकमा हार ब्येहोरेको थियो ।

कमजोर मानिएको ओमानसँग छ विकेटको फराकिलो अन्तरले पराजित भएको नेपाललाई शीर्ष दुईमा अटाउनको लागि आजको खेल जित्नै पर्ने दबाव रहेको छ । प्रतियोगितामा ब्याटिङ चल्न नसक्दा बलिङको सहायतामा नेपालले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरिरहेको छ ।

नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो । उक्त खेलमा घरेलु टोलीले दिएको १३९ रनको लक्ष्य भेट्टाउनलाई हम्मे हम्मे परेको थियो । तर, आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ब्याटिङ र बलिङ दुवै पक्षलाई थप मजबुद बनाएर मैदान उत्रने नेपाली टोलीले जनाएको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा प्रतियोगिताकै कमजोर मानिएको टोली ओमानसँग छ विकेटको फराकिलो अन्तरले हार ब्येहोरेको थियो । प्रतियोगिताकै बलियो मानिएको टोली युएईविरुद्धको खेलमा जितका लागि नेपालको ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित रुपमा राख्नु पर्नेछ ।

नेपालका ब्याट्सम्यानहरु पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले खेलमा जमेर खेल्नुपर्ने छ । त्यस्तै सन्दिप लामिछाने, सोमपाल कामी, करण केसी जस्ता बलरले आफ्नो जादु कयमै राख्नुपर्ने छ ।

नेपाल र युएई दुवै टोली डिभिजन १ बाट दुईमा घटुवामा परेर प्रतियोगितामा आएका हुन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले युएईसँग दुवै शृङखला गुमाएको थियो ।

आज जित निकाल्न नसकेमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको खेलमा सहभागी हुने नेपालको सम्भावना करिब समाप्त हुनेछ । साथै, रेलिगेसनमा परेमा डिभिजन ३ मा र्झन सक्ने सम्भावना उच्च हुनेछ ।

युएईले आफ्नो पहिलो खेलमा केन्यालाई २१८ रनले पराजित गरेको थियो भने क्यानडासँग २३ रनले पराजित भएको थियो ।

Advertisement

Advertisement

Advertisement