नेपाल भर्सेस युएईः सोमपालको ४ विकेट मद्दतमा युएई ११४ रनमा अलआउट

Advertisement

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत भईरहेको युएई र नेपालबिचको खेलमा युएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर सुरुवाती ब्याटिङ गरेको युएईले निर्धारित ३४ ओभरको खेलमा १० विकेट गुमाउदै ११५ रनको लक्ष्य दिएको हो ।

निर्धारित समय भन्दाा दिलो गरि सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको थियो । खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले युएईलाई ११४ रनमै अलआउट गरेको हो ।

नेपालका लागि सन्दिप लामिछाने ७ ओभर बलिङ गर्दै ३० रन खर्चिएर ३, सोमपाल कामीलवे ७ ओभर बलिङ गर्दै समान ३० रन खर्चिएर सार्वधिक ४ विकेट, पारस खड्का (कप्तान)ले २ र करण केसीले १ विकेट लिए ।

युएईका लागि शाहीमान अनवारले ३०, अदान मुफ्तिले १८ र गुलाम शहब्बरले १६ रन बनाउनु बाहेक अरुले राम्रो ब्याटिङ गर्न सकेनन् । नेपालले अबको केही समयमानै ब्याटिङ सुरु गर्नेछ ।

Advertisement

Advertisement

Advertisement