प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त, सोमबार बिहान सपथग्रहण

Advertisement

काठमाडौंः प्रदेश नं ३ को मुख्यमन्त्रीमा एमालेका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । उक्त प्रदेशमा एमालेको संसदीय दलको नेता निर्वाचित भएका पौडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम संसदमा बहुमत प्राप्त दलको नेताको हैसियतले उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

पौडेललाई प्रदेश संसदको दुईतिहाई अर्थात ८१ सांसदको समर्थन जुटेको छ । उक्त संसदको दोस्रो ठूलो दल माओवादी केन्द्रले पनि पौडेललाई समर्थन गरेकोपछि भारी समर्थन जुटेको हो ।

कुल ११० सांसद रहेको प्रदेश ३ मा एमालेका ५८, माओवादी केन्द्रका २३ छन् भने कांग्रेसका २१, विवेकशील साझा पार्टीका तीन, नेमकिपाका दुई, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र नयाँशक्ति पार्टीका एक एक सांसद छन् ।

नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान साढे ९ बजे एक समारोहबीच शपथ गराइने योजना छ ।

Advertisement

Advertisement

Advertisement