लुम्बिनी अञ्चलमा एनआइसी एसियाको एकैसाथ नौ वटा शाखा सुरु

Advertisement

काठमाडौंः लुम्बिनी अञ्चलमा एनआइसी एसिया बैंकले नौ नयाँ शाखा कार्यालयहरु एकै साथ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत नवलपरासी जिल्लाको चार स्थानहरु गैंडाकोटको अमरापुरी, प्रतापपुरको गोपीगञ्ज बिनयीत्रिवेणीको दुम्कीबास र मध्यबिन्दुको अरुणखोलामा शाखाहरु सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, रुपन्देही जिल्लाको तीन स्थानहरु देवदहको शंकरपुर, सैनामैनाको मुर्गिया, र तिलोत्तमाको मणिग्रामा एकैसाथ शाखाहरु सञ्चालनमा आएका छन् । साथै, कपिलवस्तु जिल्लाको दुई स्थानहरु बाणगंगाको जितपुर र बुद्धभूमीको इमिलियामा एकैसाथ एनआइसी एसियाका शाखाहरु सञ्चालनमा आएका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । आज थपिएका नौ शाखासँगै बैंकले १७० शाखा, १६८ एटिएम काउन्टर, चार एक्स्टेन्सन काउन्टरहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement