केएल मोबाइल हबमा मोबाइल मेला, ‘एउटा किन्दा एउटा निःशुल्क’ अफर

Advertisement

काठमाडौं प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’को अवसरमा भोलि ंगलबारदेखि केएल मोबाइल हबले एउटा किन्दा एउटा निःशुल्क (बाइ वान गेट वान फ्रि) अफरसहित मोबाइल मेला आयोजना गर्दैछ ।

चाबहिलस्थित केएल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफरसहित मोबाइल मेला आयोजना गर्न लागेको हो ।

मोबाइल हबले यही फेब्रुअरी १३ देखि १५ दिनसम्म मोबाइल मेला आयोजना गर्ने भएको हो । मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा चार हजार रुपियाँ बराबरको दुई जनालाई प्रवेश कुपन प्रदान गर्नेछ ।

साथै, मोबाइल हवले मेला अवधिभर विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गर्ने, जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने जनाइएको छ । गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र दुई वटा सिनेमा टिकट, दुई स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा तीन स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

साथै, डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ । त्यसैगरी, मेला अवधिभर आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भि ७ मोबाइल प्रदान गर्ने मोबाइल हबका प्रबन्ध निर्देशक ग्लाइडरले जानकारी दिए ।

विश्व बजारमा पाइने २५ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरु मोबाइल हबमा उपलब्ध छन् । हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, भिभो, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो लगायत ब्राण्डका टच एन्ड फिल काउन्टर समेत रहेका छन् ।

मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले विभिन्न ब्राण्डका मोबाइलबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था हबले मिलाएको छ ।

मोबाइल हबले ५० हजार रुपियाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको एक वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउने जनाइएको छ । मोबाइल मेलामा हबले दशैं, तिहारमा सञ्चालन गरेको अफरभित्र पनि अफरको गोलाप्रथा पनि खोलिने छ ।

Advertisement

Advertisement

Advertisement