नक्कली नेपाली तथा भारतीय नोटसहित दुई युवक पक्राउ

Advertisement

लहानः नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपियाँ र दुई हजार दरको तीनवटा नक्कली भारुसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो ।

नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज।५प ६२०९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement