शीर्ष दुईमा रहन केन्याविरुद्ध आजको खेल जित्नै पर्ने दबावमा नेपाल

Advertisement

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज नेपाल र केन्याबिच खेल हुँदैछ । दुई खेलमा जित तथा एकमा हार ब्येहोर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपालले अंक तालिकाको पुच्छरमा रहेको केन्यासँग भिड्न लागेको हो ।

चौथो खेलमा तेस्रो जितको खोजिमा नेपाल विन्डहक मैदानमा दिउँसो सवा १ बजे केन्याविरुद्ध प्रतिस्पर्धामा उत्रदै छ । यो खेल नेपाल र केन्या दुवैको लागि महत्वपुर्ण मानिएको छ । चार अंकका साथ प्रतियोगितामा बलियो अवस्थामा रहेको नेपाललाई शीर्ष दुईमा रहने सम्भावना पक्का गर्नलाई आजको खेल जित्न पर्ने दबाव छ ।

विगतको इतिहास पल्टाउँदै केन्यामाथि सानदार जित निकाल्नको लागि आजको खेलमा ब्याटिङ र बलिङ दुवै पक्षलाई सधार गर्दै मैदान उत्रने नेपाली टोलीले जनाएको छ ।

साथै, आजको खेलमा नेपाललाई पराजित गर्दै प्रतियोगिताको शीर्ष दुईमा रहने सम्भावना कायमै राख्ने दाउसहित प्रतियोगितामा पहिलो जितको खोजिमा केन्या मैदान उत्रने छ । छ टोली सहभागी प्रतियोगितामा खेलिएको दुवै खेलमा पराजित हुँदै केन्या प्रतियोगिताको पुच्छरमा अवस्थित छ ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा प्रतियोगिताकै कमजोर मानिएको ओमानसँग छ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । आइतवार भएको आफ्नो तेस्रो खेलमा नेपालले बलियो युएईमाथी ४ विकेटको सानदार जित निकालेको थियो ।

विगतमा खेलेका चार खेल मध्ये केन्याले चार र नेपालले एकमा जित निकालेका छन् । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले आर्को महिना जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने मौका पाउनेछन् ।

शनिवारको लागि तय गरिएको केन्या र आयोजक नामिबियाबिचको खेल बर्षाले रोकिएपछि उक्त खेल मंगलबारलाई सारिएको थियो ।

Advertisement

Advertisement

Advertisement