एकाएक काठमाडौँ प्रहरी प्रमुख धानुकको सरुवा, पोखरेललाई दिइयो जिम्मेवारी

Advertisement

काठमाडौं: राजधानीमा एक पछि अर्को बलात्कार तथा आपराधिक घटनालाई लिएर गृहमन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख परिवर्तन गरेको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिशमा परिसर प्रमुख एससपी रवीन्द्र धानुकलाई हटाएर विश्वराज पोखरेललाई ल्याइएको छ ।

महानगरीय प्रहरी कार्यालयमा कार्यरत पोखरेललाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।

कमजोर कार्यसम्पादन गरेको तथा सांसद नवराज सिलवाललाई कीर्ते मुद्दामा पक्राउ गर्न निर्देशन दिइएपनि नसकेको भन्दै उनलाई सरुवा गरिएको प्रहरी स्रोतको भनाई छ । यसो त राजधानीमा आपराधिक घटना नियन्त्रण गर्न नसकेको आरोप पनि उनीमाथि लागेको थियो ।

सरुवा हुने संकेत पाएपछि धानुक आइतबारदेखि १० दिन बिदामा बसेका छन् । हाल धानुकलाई संघीय प्रहरी कार्यालय बाग्लुङमा सरुवा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement