सीजीले ल्यायो नौलो किसिमको स्ट्यान्डिङ चेस्ट फ्रिजर

Advertisement

काठमाडौंः नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा चिनिएको सीजीले नौलो र आकर्षक स्वरुपको स्ट्यान्डिङ चेस्ट फ्रिजर बजारमा ल्याएको छ ।

यो फ्रिजर २७० लिटर क्षमतामा उपलब्ध छ । अब उपभोक्ताले अन्य चेस्ट फ्रिजरहरुमा जस्तै १८ डिग्री सेल्सियस सम्मको चिसोको प्रयोग गरी खाने कुराहरुलाई स्वच्छ र ताजा बनाउन सक्नेछन् । यो हेर्दा रेफ्रिजेरेटर जस्तै देखिने भएकोले यसको लागि धेरै ठाउँ बनाउन नपर्ने चौधरी ग्रुपको भनाई छ ।

यसभित्र धेरै भन्दा धेरै कन्डेस्नरयुक्त खण्डहरु रहेका छन्, जसको कारण यसले पर्याप्तरुपमा चिसो बनाई चिसोपनको राम्रो अनुभुति दिन्छ । विशेषगरी यो अस्पताल, औषधी पसल र डेरी पसलहरुको लागि एकदमै उपयुक्त भएको चौधरी ग्रुपको भनाई छ ।

यसमा ३६ महिनाको वारेण्टी रहेको सीजीका प्रोडक्ट प्यालिङ म्यानेजर रितेश चौधरीले बताए । यसको साथै सीजीले हालै साधारण चेस्ट फ्रिजरहरुका बिभिन्न मोडलहरु प्नि बजारमा ल्याएको छ उपलब्ध गराएको छ ।

Advertisement

Advertisement

Advertisement