एमाले र माओवादी केन्द्रबिच यसै साता एकीकरण हुने दाबी

Advertisement

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन पहिलो साताभित्र पार्टी एकता गर्ने सहमती गरेका छन् । दुई पार्टीका अध्यक्षबिच ललितपुरमा भएको भेटमा सरकार गठन अगाडीनै पार्टी एकता गर्ने सहमती भएको हो ।

ललितपुरको मानवभवनमा आज (सोमबार) दिउँसो भएको ओली र प्रचण्डको वान टु वान वार्तापछि यही साताभित्र पार्टी एकीकरण गर्ने सहमतीमा पुगेका हुन् । स्रोतका अनुसार एकताको नेतृत्व र मोडालिटीबारे छलफल गर्न दुई अध्यक्षबिच भोली बिहान वान टु वान वार्ताका साथै पार्टी एकताको संयोजन समितिको छलफलपछि एकताको विषयमा टुंगो लगाइने छ ।

आज भएको छलफलमा दुर्व पार्टीका अध्यक्ष जसरी भएपनि सरकार गठन गर्नुअघि एकता गरिसक्नेमा समहत भएका छन् । फागुन पहिलो हप्तापछि सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले पहिलो हप्ता भित्रै एकता गरिसक्ने बताइएको छ ।

यसअघि हिजो प्रचण्डले देश विकासका लागि परेको आवश्यक्ता अनुसार आफुले जस्तो सुकै फड्को मार्न सक्ने बताएका थिए । उनले अहिलेको परिवेशले देशमा परिवर्तन ल्याउन नसकेमा ठुलो फड्को मार्न आफु सक्षम रहेको जनाएका थिए ।

Advertisement

Advertisement

Advertisement