शिवश्रीले २५ प्रतिशत आइपिओ जारी गर्ने

Advertisement

काठमाडौँ: शिवश्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लावासीलाई १० प्रतिशत शेयर निष्कासनको तयारी गरेको छ ।

कम्पनीले पहिलो चरणमा १४ करोड ७६ लाख ४० हजार रुपियाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरिएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई रु २० करोड बराबरको साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर दिनुपर्ने कानूनी प्रबन्धका कारण कम्पनीले दुवै समूहलाई शेयर दिन लागेको हो ।

कम्पनीले साधारण शेयर जारी गर्नका लागि यसअघि नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

यस्तै कम्पनीले आगामी तीन महिनाभित्र २२ मेगावाट क्षमताको माथिल्लो चाकुखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्ने छ । कम्पनीका प्रमुख उमेश कसजुका अनुसार हाल आयोजनाको ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको लागत रु चार अर्ब तीन करोड छ ।

Advertisement

Advertisement

Advertisement