सन्दिपले ५ विकेट लिएपछि जितका लागि पायो नेपालले १७८ रनको लक्ष्य

Advertisement

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको खेलमा केन्याले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो ।

नामिबियाको विन्डहक क्रिकेट मैदानमा भएको खेलमा केन्यालाई १७७ रनमा समेट्नका लागि नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै २० रन खर्चिएर सार्वधिक ५ विकेट लिए । आज सन्दिप बाहेक अन्य बलरले केन्याविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् ।

साथै, नेपालका लागि सरद भेषवाकरले १, सोमपाल कामी आज मंहगा साबित भए भने कराण केसी पनि नेपालका लागि मंहगा साबित भए । सार्थ, वसन्त रेग्मीले १ विकेट र सोमपाल कामीले १ विकेट लिए । केन्याका लागि ला करिमले ४२, एए ओबान्डाले ४१, को अबुयाले २७ रनको योगदान दिए ।

आजको खेल जित्न सके नेपाल चार खेलबाट एकमा हार र तीनमा जितका साथ प्रतियोगिताको र्शीष स्थानमा उक्लिने छ । साथै, र्शीष दुईमा परेर विश्वकप छनोट प्रतियोगितामा सहभागी हुनका लागि पनि आजको जित आवश्यक रहेको छ ।

Advertisement

Advertisement

Advertisement