सामसङको मोबाइल एक्सचेन्ज मेला काठमाडौंका सात प्लाजामा

Advertisement

काठमाडौंः हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत संचालित सामसङ प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । फेब्रअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सकिनेछ ।

हालको मितिसम्म दुई हजार भन्दा बढि मोवाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका सात वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको छ । मेलामा एक्सचेञ्ज गर्न आएका एक ग्राहकले भने ’यस्तो किसिमको कार्निभलले म जस्ता पुराना मोबाइल साट्नु पर्ने अबस्था आएकालाई सामसुङको नयाँ टेक्नोलोजीको स्मार्ट फोन किन्ने अबसर जुराई दिएको छ ।’

हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले कार्निभलको शुभारम्भ गर्दै यस्ता किसिमका अबसर ग्राहकहरुलाई उपलब्ध गराउँदै जाने बताइन् । यो एउटा यस्तो अवसर हो, जहाँ कुनैपनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसुङको स्मार्ट फोनसँग एक्सचेञ्ज गर्न सकिनेछ ।

मेला आयोजना भईरहेका सामसङ प्लाजा निम्न ठाउमा छन्ः 
१ सामसङ्ग प्लाजा, दरवारमार्ग
२ सामसङ्ग प्लाजा, नयाँ बानेश्वर
३ सामसङ्ग प्लाजा, सिभिल महल
४ सामसङ्ग प्लाजा, सुर्र्यिवनायक
५ सामसङ्ग प्लाजा, नयाँ बजार
६ सामसङ्ग प्लाजा, चुच्चेपाटी
७ सामसङ्ग प्लाजा, कुपोन्डोल

Advertisement

Advertisement

Advertisement