एनआइसी एसियाको अर्को शाखा कोटिहवामा, अब शाखा संख्या १७३

nic_asia_logo

काठमाडौंः लुम्बिनी अञ्चलमा एकै दिन नौ वटा शाखा खोलेको भोलिपल्टै एनआइसी एसिया बैंकको नयाँ शाखा रुपन्देशीको तिलोत्तमा–१५, कोटिहवामा अर्को शाखा सञ्चालनमा आएको छ ।

सोमबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोककुमार पौडेलले शाखाको उदघाटन गरे । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रहरुमध्ये अग्रणी बैंकहरुमा रहेको एनआइसी एसियाको शाखा संख्या अब १७३ पुगेको छ ।

nic-asia