पीएसजी बलियो भए पनि हामी जित्छौंः रोनाल्डो

Ronaldo

एजेन्सीः रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले च्याम्पियनस लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्दा रियल लयमा फर्किनु पर्ने बताएका छन् । उनले पीएसजी अहिले राम्रो लयमा रहेकाले उसलाई पराजित गर्नको लागि मड्रिडसँग अनुभव रहेको बताएका हुन् ।

रोनाल्डोले च्याम्पियन्स लिगको प्रि क्वाटरफानइलको पहिलो लेग खेल्नु अगाडी रियल सोसिडाडमाथि ह्याट्रिक गरेका छन् । उनले च्याम्पियन्स लिगको अघिल्लो चरणमा पुग्नको लागि आफुहरुले निकै मेहनेतका साथै सानदार खेल्नुपर्ने बताए ।

nic-asia

रोनाल्डोले पीएसजी उत्कृष्ट खेलाडी भएको बलियो टिम भए पनि रियल मड्रिडसँग धेरै अनुभवी खेलाडी भएको बताए । उनले आफुहरु पीएसजीलाई सम्मान गर्ने तर एकतावद्ध भएर उनीहरुसँग प्रतिस्पर्धा गर्ने बताए ।

जारी सिजनमा रोनाल्डो र रियलले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।