नेपालको निजी क्षेत्रले संस्थागत हुन अझै धेरै काम गर्न बाँकी छः डा. हेमन्त दवाडी

नेपाल उद्योग बाणिज्य महासंघ र गैरआवासीय नेपाली संघसँग सम्वद्ध रहेर लामो समयदेखि काम गर्दै आएका एकजना अर्थविद्ध डा. हेमन्त दवाडी अर्थशास्त्र र निजी क्षेत्रका जानकारी व्यक्ति हुन । उनीसँग कर्पोरेट नेपालको साप्ताहिक टेलिभिजन कार्यक्रम कर्पोरेट नेपालमा गरिएको कुराकानीको सारः

nic-asia

तपाईं लामो समयसम्म निजी क्षेत्रको नेतृत्वसँग नजिक रहेर काम गर्नुभयो । तपाईंलाई व्यावसायिक क्षेत्रको गुण अवगुण राम्रोसँग थाहा छ । निजी क्षेत्रमा राम्रोसँग भिज्नुभएको छ ।तपाईले चिनेको निजी क्षेत्र कस्तो छ ?

तपाईंले राम्रै प्रश्न गर्नुभयो। तपाईंले सोचे जति मैले जानेको छैन् । मैले देखेको निजी क्षेत्र भनेको विस्तारै विकास हुँदै गएको, आफूलाई संस्थागत गर्नेतर्फ लागिरहेको, जस्तो अहिलेको नेपालको आर्थिक अवस्था छ, त्यसैको प्रतिनिधित्व गर्ने, त्यसैको प्रतिविम्ब हो । अझै संस्थागत हुन प्रयासरत, संस्थागत हुन धेरै काम गर्न बाँकी पनि रहेको रुपमा मैले लिएको छु ।

आर्थिक विकासको नेतृत्व गर्न नेपालको निजी क्षेत्र कत्तिको सक्षम छन भन्ने लाग्छ तपाईंलाई ?

संसारभरी वेल्थ क्रियशन भन्छौं हामी सम्पत्तिको सिर्जना जुन हुन्छ, त्यो सिर्जना गर्ने काम जुनसुकै ठाउँमा पनि गर्ने निजी क्षेत्रले हो । उद्यमीहरुले हो । निजी क्षेत्र भन्दा कुनै व्यक्ति, संस्था वा समूहभन्दा पनि यो समग्रमा उद्यमीहरु भएको, व्यवसायीहरु भएको र त्यसलाई प्रतिनिधित्व गर्ने क्षेत्र हो । जुन ठाउँमा निजी क्षेत्र प्रस्फुटन हुन्छ, जुन ठाउँमा निजी क्षेत्रले काम गर्न सक्छ, त्यो बनाइदिने काम सरकारको हो । त्यो कारण निजी क्षेत्रले मात्रै गरेर आर्थिक विकास हुन्छ भन्ने मलाई लाग्दैन । त्यस्तै, सरकारले सबै कुरा आफै गर्छु भन्न थाल्यो भने पनि त्यो संभव छैन । त्यसले हामीलाई झन ठूलो संकटमा पार्छ ।

एउटा गर्भमेन्ट लेवलको असिस्टेन्ट चाहिन्छ होइन ?
गर्भमेन्ट लेवलको असिस्टेन्ट भन्दा पनि गर्भमेन्ट लेवलले इन्भाइरोमेन्ट बनाइदिने हो, जुन अवस्थामा निजी क्षेत्रको उद्यशशीलता प्रस्फुटन हुन सकोस । यो संसारभरि देखिएको छ । नेपालमा पनि आफ्नो सिर्जना, नयाँपन देखाउन आइरहेका छन् । तर, बाताबरण नहुँदा त्यो देखाउन नसकेको उदाहरण छन् । त्यस्तै, यही अप्ठ्यारो बाताबरणमा काम पनि भएका छन् ।

इन्भाइरोमेन्ट छैन भन्नुभयो । आर्थिक विकासका लागि निजी क्षेत्रलाई काम गर्न के के कुरा जरुरी छ भन्ने लाग्छ ?
इन्भाइरोमेन्ट छैन भनेर सोझै नभनौं । कतिपय कुरा सुधार पनि हुँदै गएको छ । मैले देखेको कमजोरी कहाँ छ ? भने जुन नीति हुन्छ, त्यसको निरन्तरता हुनुपर्छ । कसैले पनि काम गर्दा उसले योजना बनाएर काम गर्छ । योजना बनाएर काम गर्दा मैले यो गरें भने मैले यो सुविधा पाउँछु, मैले यति नाफा गर्छु भन्ने हुन्छ, जसलाई नीतिगत निरन्तरता अर्थात पोलिटी प्रेडिक्टाबिलिटी भन्छु म, हाम्रोमा सबैभन्दा ठूलो समस्या यही हो । यसको अभाव खडकिएको छ । हाम्रोमा सुरुदेखि नै के भयो भने जो नेतृत्वमा हुन्छ, उ हावी हुने । सरकारमै पनि व्यक्ति हावी हुने । जसले गर्दा संस्थाहरु विकास हुन सकिरहेको छैन । जसले गर्दा मान्छे परिवर्तन हुनासात नीतिहरु परिवर्तन हुने भए । अर्को कुरा जुन हाम्रो संरचना छ, विशेष गरेर सरकारको ब्युरोक्राटिक संरचना छ, त्यो संरचना अल्ली पुरातनवादी, इनोभेशनलाई अल्ली स्वीकार नगर्ने, निजी क्षेत्रले गर्ने कामलाई प्रशय नदिने संरचना हाम्रोमा बढि छ ।

थप कुराकानी भिडियोमा हेर्नुहोस