भारतीय अण्डमान टापूमा भूकम्पको धक्का महसुस

Advertisement

पोर्ट ब्लेर (भारत): भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ ।

भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पका कारण मानवीय क्षति वा अन्य भौतिक क्षति भएको खबर समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।
अण्डमानलाई केन्द्रविन्दु बनाएर यस पहिले गत जनवरी १४ मा पनि ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Advertisement

Advertisement

Advertisement