पुरानाबाट घाटा भएपनि थप दुई चिनियाँ जहाज ल्याउदै निगम

Advertisement

काठमाडौंः नेपाल वायुसेना निगमको आन्तरिक उडान भर्नका लागि दुई थान चिनीयाँ जहाज आज काठमाडौं आउँदै छन् । निगम आफुसँग भएका चारवटा चिनियाँ जहाजको उडानमा असन्तुष्ट भए पनि बाध्यत्मक व्यवस्थाका कारण १७ सिट क्षमताका थप दुई (वाई १२-ई) जहाज मंगलबार ल्याउन लागेको हो ।

यी जहाज आएपछि अब निगमसँग आन्तरिक उडानका लागि ९ वटा जहाज हुने भएको छ । यसअघि निगमका सात वटा जहाजले आन्तरिक उडान भरि रहेका थिए । भित्र्याइएको चार वटा चिनीयाँ जहानको उडानमा वार्षिक घाटा भएपनि चीन सरकारसँग नेपाल सरकारले गरेको सम्झौता अनुसार निगमले थप दुई चिनीयाँ जहाज ल्याउन लागेको हो ।

गत वर्ष मात्रै निगमले दुई चिनीयाँ जहाज भित्र्याएको थियो भने थप दुई चीन सरकारले अनुदानस्वरुप दिएको थियो । थप जहाज आएसँगै अब निगमले आन्तरिक उडानमा एकछत्र राज गरिरहेका निजी विमान कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने जनाएको छ ।

विगत चार वर्षदेखि खरिदको प्रक्रियामा रहेका छ वटा चिनीयाँ जहाजमध्ये यसअघि चारवटा जहाज सञ्चालनमा रहेका छन् । निगमसँग हाल ५६ सिट क्षमताका एमए–६० दुई र वाई १२ ई दुई जहाजले आन्तरिक उडान भरि रहेका छन् ।

विगतदेखि नै समस्या रहेपनि बाध्ययताले गर्दा जहाज ल्याउनु परेको वायुसेवा निगमले जनाएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार दुर्गम क्षेत्रको लागि भनेर ल्याइएको वाई १२ ई जहाज पनि सुगम क्षेत्रमा उडाउनु पर्ने अवस्था रहेको छ ।

खरिद गर्ने भनिएको चिनीयाँ जहाज एभिक इन्टरनेसनल होल्डिङ कम्पनीले जहाज तयार गरिसकेको र ७० प्रतिशत रकम समेत सरकारले पठाइसकेकाले जहाज ल्याउनैपर्ने अवस्थामा निगम पुगेको हो ।

निगमले राखेका बीमा रकम कम हुनुपर्ने र जहाजको तौल बोक्ने क्षमता बढी हुनुपर्ने सर्त चिनीयाँ पक्षले सकारात्मक भएको बताए पनि कुनै उपलब्धी हुन सकेको छैन् ।

Advertisement

Advertisement

Advertisement