‘जनयुद्ध’ दिवसमा प्रचण्डले भने - फेरी एकपटक महान अभियानको नेतृत्व गर्ने अवसर आएको छ

Advertisement

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई फेरि एक पटक महान अभियानको नेतृत्व गर्ने अवसर प्राप्त भएको छन् । नेकपा एमालेसँगको पार्टी एकताप्रति संकेत गर्दै उनले यसलाई गुम्न दिन नहुने बताएका हुन् ।

‘फेरि एउटा महान अभियानको नेतृत्व गर्ने अवसर आएको छ, यो अवसरलाई संस्थागत गर्न र गुम्न नदिन सबैलाई अपिल गर्छु । बरु त्यसको सक्रियता पूर्वक नेतृत्व गरौ’ २३ औ ‘जनयुद्ध’ दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा मंगलवार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘नेतृत्व दिनुपर्छ भनेर पाइने होइन, आफ्नो सक्रियता, क्षमता, त्याग र तपस्याद्वारा लिनुपर्ने कुरा हो ।’

प्रचण्डले वामपन्थी एकताको विरोध गर्नेहरु जनताको मान्छे नभएको जिकीर गरे । ‘कम्युनिष्ट एकता भत्काउन चाहाने र प्रतिक्रियावादी फाइदा पुग्नेगरी काम गरेमा जतिसुकै चर्का कुरा गरेपनि ती जनताको मान्छे होइनन्’ प्रचण्डले भने, ‘रहर त हामीलाई २०४६ पहिला नै जनयुद्ध गरेर क्रान्ति गर्ने थियो, तर २०५२ साल नै कुर्नु पर्र्यो ।’

प्रचण्डले पार्टी एकता र वामगठबन्धनको प्रस्तावले नेपाललाई नयाँ गन्तव्यमा लैजाने दावी गरे । ‘बहसबाट भागेर क्रान्ति अगाडी बढेको छैन्, महान एकता र महान बहसमा सक्रियता पूर्वक सहभागि हुन अपील गर्छु’ उनले भने ।

Advertisement

Advertisement

Advertisement