प्रणय दिवसमा केएल मोबाइल हबले ल्यायो एउटा मोबाइल किन्दा अर्को सित्तैंमा अफर

Advertisement

काठमाडौंः चावहिलस्थित केएल मोबाइल हबले प्रणय दिवस (भ्यालेन्टाइन डे)को अवसरा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरसहित मोबाइल मेला सुरु गरेको छ ।

प्रणय दिवसमा मोवाइल किन्न आउने युगल जोडीलाई हुने गरेर एउटा किन्दा अर्को मोवाइल सित्तैमा दिने योजना ल्याइएको आयोजकले मंगलबार आयोजित कार्यक्रममा जानकारी दियो । यसै अवसरमा मोबाइल हबले दशैं तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताहरु गोलाप्रथाबाट घोषणा गरेको छ ।

केएल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफरसहित अफरभित्र पनि अफर नामको मोबाइल मेला आयोजना गरेको हो । आजबाट तीन दिन चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्दा हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा चार हजार रुपियाँ बराबरको दुई जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ ।

साथै, मोबाइल हवले मेला अवधिभर विभिन्न किसिमका खेल तथा अफरहरु पनि सञ्चालन गरिरहेको छ । जसमा गल्फ र डार्टबोर्ड गेम जित्नेहरुले विभिन्न उपहार तथा छुट पाउने छन् । गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र दुई वटा सिनेमा टिकट, दुई स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा तीन स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

साथै डार्ट बोर्ड खेलमापनिगल्फमाजस्तै तीनकिसिमकाउपहारको व्यवस्थागरिएको छ ।

त्यसैगरि, मेला अवधिभर आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफफाइभ मोबाइल तथा भिभोकोे भि ७ मोबाइल प्रदान गरिने मोबाइल हबका निर्देशक संगम राइले बताए ।

मोबाइल हबले ५० हजार रुपियाँ भन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको एक वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउने छ । मोबाइल मेला फेब्रुअरी २८ सम्म चल्नेछ ।

यसैबीच मोबाइल हबले दशैं तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका विजेताहरु गोलाप्रथामार्फत घोषणा गरेको छ । ताम्राकार कम्प्लेक्स न्यूरोडस्थित सिटिभी मोबाइल, सिटीसी मलस्थित द वल्र्ड भिजन र केएल मोबाइल हब र एप्पल वल्र्ड दरबामार्गमा मोबाइल खरिद गरेकाहरु मध्येबाट विजेताहरु छनौट गरिएको हो ।

उपहार योजनाको पहिलो उपहार यामाहाको आर वानफाइभ मोटरसाइकल कुपन नम्बर ११५८ का बुढानिलकण्ठ बस्ने नबिन श्रेष्ठले पाएका छन् । त्यसैगरि कुपन नम्बर २२०७ का कालिमाटी बस्ने सफल न्यौपानेले आइफोन ८ पाएका छन् ।

कुपन नम्बर २६९३ का हात्तिबन बस्ने सुरज महर्जनले मलेशिया र सिंगापुर भ्रमणको प्याकेज जितेका छन् । कुपन नं. १०५० का बौद्ध बस्ने शिक्षा लामाले भिभोको वाई ५३ मोबाइल जितेकी छन् । कुपन नम्बर २२४७ की यांगी शेर्पाले जेडटीईको एस ६ मोबाइल जितेकी छन् । कुपन नम्बर २५४९ का बल्खु बस्ने परमेश्वर उप्रेतीले लेनेभोको ए १००० मोडलको मोबाइल जितेका छन् ।

विश्व बजारमा पाइने २५भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरु मोबाइल हबमा उपलब्ध रहेको भन्दै हबका सञ्चालकहरुले यहाँ ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ ।

टच एन्ड फिल जोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले विभिन्न ब्राण्डका मोबाइलबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था हबले मिलाएको छ ।

Advertisement

Advertisement

Advertisement