गोर्खा सैनिकलाई किन विभेद ? भन्दै ओलीले बेलायती मन्त्रीलाई प्रश्न गरे

oli-lyacaster-meeting

काठमाडौंः बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरले भावी अबको प्रधानमन्त्रीको रुपमा चिनिएका एमाले अध्यक्ष केपी ओलीसँग मगलबार भेटवार्ता गरेका छन् ।

सिंहदरवारस्थित एमाले संसदीय दलमा भएको भेटमा ल्यानक्यास्टरले अध्यक्ष ओलीलाई हालैको निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाइ तथा भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको ओलीको सचिवालयले जनाएको छ ।

nic-asia

मन्त्री ल्यानकाष्टरले यसपटको चुनावी परिणामले नेपालमा स्थीर सरकारको सम्भावना देखिएकोले बेलायत नेपालमा थप लगानी गर्न उत्साहित रहेको बताए । उनले भने, ‘स्थीर राजनीतिक परिस्थितिका कारण नेपालमा लगानीमैत्री वातावरण बन्नेमा बेलायत आशावादी छ ।’

ओलीले बेलायती सेनामा काम गर्ने सैनिकहरुलाई हुने गरेको विभेदका बारेमा राज्यमन्त्री ल्यानकाष्टरसँग जिज्ञासा राखेका थिए । राज्यमन्त्री ल्यानकाष्टरले नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन आग्रह गरे ।

बेलायती सेनामा काम गर्ने पूर्व गोर्खा सैनिकको पेन्सन सुविधा बारेमा गठन गरिएको संयुक्त प्राविधिक टोलीले गरिरहेको कामको प्रगति बारेमा अध्यक्ष ओलीलाई राज्यमन्त्री ल्यानकाष्टरले जानकारी गराएका थिए ।