निगममा बेथिती: चार जहाज, एकजना क्याप्टेन

Advertisement

काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ ।

तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् ।

निगमले मंगलबार एकैपटक दुई थान चिनियाँ जहाज थपे पनि तिनलाई कमान्ड गर्न एकजनामात्र क्याप्टेन भएपछि निगम थाल खाउँ न भात खाउँ को अवस्थामा पुगेको छ ।

चीनमा निर्मित १७ सिट क्षमतायुक्त वाई १२ ई सिरिजका दुई थान नयाँ दुई र हाल सञ्चालनमा रहेका यही सिरिजका दुई गरी चार थान वाई १२ ई जहाज कमान्ड गर्न वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई मात्र छन् ।, आजको नागरिकमा यो खबर छ ।
पत्रपत्रिकाबाट

Advertisement

Advertisement

Advertisement