आइसीसी डिभिजन टुः शिर्ष दुईमा अटाउन आज नेपालको अग्निपरीक्षा

Advertisement

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिता अन्तर्गतको खेलमा आज (बुधवार) नेपालले क्यानडाको सामना गर्दैछ । प्रतियोगितामा र्शीष स्थानको क्यानडा र तेस्रो स्थानको नेपाल विन्डहक क्रिकेट मैदानमा भिड्न लागेका हुन् ।

खेलमा दुवै टोलीलाई अर्को महिना जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनलाई जित आवश्यक छ । हिजो (मंगलबार) भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालसँग जितको विकल्प छैन ।

जितसँगै प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको नामिबियाले समान अंक भएपनि नेपाललाई तेस्रो स्थानमा धकेलेको हो । तीन टोलीको समान चार खेलबाट छ अंक रहेकाले आजको खेलमा जित्नै पर्ने दबाव आएको हो ।

प्रतियोगितामा समान चार खेलबाट तीनमा जित र एकमा हार बेहोर्दै क्यानडा, नामिबिया र नेपाल पहिलो दोस्रो र तेस्रो स्थानमा छन् । आजको खेलमा नेपालले क्यानडालाई पराजित गर्न सकेमा नेपाल र्शीष दुईका साथै विश्वकप छनोटको खेलमा समेत स्थान बनाउनेछ ।

विगतमा नेपाल र क्यानडाबिच भएका दुई खेलमध्ये नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । खेल दिउँसो सवा एक बजे वन्डर्स क्रिकेट मैदानमा हुनेछ ।

Advertisement

Advertisement

Advertisement