'सार्वजनिक नभएका' सिलवाल पक्षधरका अदालत बाहिर धर्ना

Advertisement

काठमाडौँ: बाम गठवन्धनसहित सरकार बन्न लागेको बेला, झन्डै तीन महिनादेखि 'अज्ञात जस्तै' अवस्थामा बसिरहेका ललितपुर एमालेका सांसद तथा पूर्व सिनियर अधिकृत नवराज सिलवालका पक्षमा बुधबार काठमाडौँ जिल्ला अदालत परिसर बाहिर उनका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

सिलवालविरुद्द महान्यायाधिबक्ताको कार्यालय प्रमुख आफैले आज जिल्ला अदालत काठमाडौँमा प्रहरी अधिकृतहरुको कार्य सम्पादन मुल्यांकन फाइलको किर्ते गरेको अभियोजनसहित उनीबिरुद्द मुद्दा दर्ता गर्ने तयारि गरेसँगै उनका समर्थकहरु धर्ना र नाराबाजीमा उत्रिएका हुन् । उनका समर्थकहरु कोहि जिल्ला अदालत त कोहि जिल्ला सरकारी वकिलको कार्यालयमा बाँडिएर धर्ना र नारामा सहभागी भएका छन् ।

'प्ले-कार्डसहित धर्नामा बसेका उनीहरुले सिलवालबिरुद्द राज्यले षड्यन्त्र गरेको, प्रतिशोध साँध्न पाईदैन जस्ता नाराहरु लगाएका थिए।'

प्रधानमन्त्री शेरबहादुर देउवा,महान्यायाधिवक्ता बसन्तराम भण्डारी र आईजीपी प्रकाश अर्यालको योजनामा नियोजित रुपमा सिलवालविरुद्ध कीर्तेमा मुद्दा दर्ता गराउन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement