नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले तेस्रो सफलता पाएको छ । नेपालका लागि सन्दिप लामिछानेले सफलता दिलाएका हुन् । उनले टोलीका लागि चार ओभर बलिङ गर्दै दुई विकेट लिएका हुन् ।
नेपाललाई पहिलो सफलता
काठमाडौंः नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगितामा नेपाललाई पहिलो सफलता मिलेको छ । नेपाललाई पहिलो सफलता वसन्त रेग्मिले दिलाएका हुन् ।
टस जितेर फिल्डिङ गर्दै नेपाल
काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट डिभिजन टु क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौ खेलमा नेपाल क्यानडाको सामना गर्दैछ । सवा एकदेखी सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
नेपाल र क्यानडा प्रतियोगितामा समान चार खेलमा तीन जित र एक हारका साथ समान छ अंक रहेको छ । क्यानडा रनरेटका आधारमा पहिलो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ ।
आजको खेलमा जित निकाल्न सके नेपाल जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा सहभागी हुन पाउनेछ ।