अघोषित लोडसेडिङले उपभोक्तालाई समस्या, घिसिङ- लोडसेडिङ होइन, प्राविधिक समस्या हो

Advertisement

काठमाडौंः राजधानी काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा हरेक दिनजसो हुने गरेको अघोषित लोडसेडिङले नेपाल विद्युत प्राधिकरणका उपभोक्ता मारमा परेका छन् । यद्यपि यसलाई प्राधिकरणले लोडसेडिङ नभई प्राविधिक समस्या भन्दै टार्दै आएको छ ।

अचानक विद्युत आपूर्ति रोकिँदा ग्राहस्त उपभोक्तादेखि उद्योग व्यवसायसमेत प्रभाविक हुने गरेका छन् । प्राधिकरणले उद्योगधन्दालाई घोषितरुपमा चार घण्टा लोडसेडिङ गरे पनि व्यवसायीहरुले भने त्यो भन्दा बढि लोडसेडिङ भोग्नुपरेको बताउँदै आएका छन् ।

केही दिनअघि प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरुले कुनै पनि लोडसेडिङ नगरेको र लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको भन्दै प्राविधिक समस्याले कतै कतै विद्युत कटौती भएको हुनसक्ने दावी गरेका थिए ।

लोडसेडिङमुक्त घोषणा गरिएको राजधानी काठमाडौंमा नै अहिले दैनिक आधादेखि ४५ मिनेट विद्युत कटौति हुने गरेको छ । यस्तो कटौति विशेषगरी विहान र दिउसो तथा कहिलेकाहीं बेलुकीसमेत हुने गरेको उपभोक्ताहरु बताउँछन् ।

विद्युत उत्पादन थपिने क्रम बढिरहेको र भारतबाटसमेत ठूलो परिणाममा विद्युत आयात भइरहेको बेला बिजुली कटौति हुनुले प्राधिकरणको व्यवस्थापन क्षमता कमजोर हुँदै गएको महशुुस हुन थालेको छ । विद्युत वितरणको पूरानो प्रणालीमा सुधार हुन नसक्नु, समयमा मर्मत संभार नहुनु, सुख्खा यामका कारण उत्पादनमा कमी हुनु जस्ता कारणले प्राधिकरणलाई विद्युत कटौति गर्नुपर्ने अवस्था भएको भए पनि उपभोक्तालाई लोडसेडिङको पूर्व जानकारी नगराएर उनीहरुको उपभोक्ता अघिकार हनन् गर्ने काम भएको छ ।

Advertisement

Advertisement

Advertisement