भक्तपुरको एनसेल गोदाम घरमा प्रेसर कुकर बम फेला

Advertisement

काठमाडौँ: भक्तपुरस्थित एनसेलको गोदाम तथा टावर कार्यालय रहेको ठाउँमा अज्ञात समुहले प्रेसर कुकर बम राहेका छन् ।

भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित एनसेलको गोदाम रहेको कार्यालयमा बम फेला परेको सेनाले जनाएको हो ।

भवनमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेपछि टोलीले केहीबेर अघि प्रेसर कुकर बम डिस्पोज गरेको हो।

हिजो मात्रै एनसेलको नुवाकोटसहित दुई जिल्लामा आगजनी र बम बिस्फोट गराएका थिए । प्रहरीले उक्त कार्य नेत्र बिक्रम चन्द विप्लप समुहका कार्यकर्ताले गराएको हुनसक्ने अनुमान गरेको छ ।

Advertisement

Advertisement

Advertisement