पच्चिस मेगावाटको दरवाङ म्याग्दी निर्माणका लागि जुट्यो लगानी

Advertisement

काठमाडौंः म्याग्दीको म्याग्दी खोलामा निर्माण हुने २५ मेघावाटको दरवाङ म्याग्दी जलविद्युत उत्पादनका लागि वित्तिय व्यवस्थापन सम्झौता भएको छ । सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तीनाथ विकास बैंक र महालषमी बैंकबिच आज (फागुन २) मा सम्झौता भएको हो ।

छ बैंकहरुले तीन अर्ब ५० करोड रुपिया ऋण लगानि गर्ने भएका हुन । कुल पाँच अर्ब १४ करोड रुपियाँ लगानीको परियोजनामा बाँकी स्वपुँजि रहनेछ भने निर्माण अवधिमा नै स्वपुँजिका ३० प्रतिशत सर्वसाधारण शेयर जारी गरिने जनाइएको छ ।

सन् २००७ मा स्थापना भएको धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दि खोलामा २५ मेगावाटको जलविद्युत परियोजना आगामि तीन बर्ष छ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे छ । पानीको वहाभ ३१ दशमलव ४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर रहेको छ ।

दरबाङको डुकुगाउँमा रहेको खोलाको पानीलाई पाँच कि.मि. सुरुङ्ग निर्माण गरि २०० मिटरको पेनस्टक पाईपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ । पावर हाउस र ईन्टेक सम्म नै सडक पहुँच रहेको परियोजनाको उत्पादीत विद्युत ८ किलोमिटर लामो १३२ के.भि. ट्रान्समिसन लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ ।

परियोजनामा स्थानिय लगानिकर्ताहरुका साथै म्याग्दि जिल्लामा जन्मिएर प्रवासमा रहेका लगानि कर्ताहरुको वाहुल्यता रहेको छ ।

Advertisement

Advertisement

Advertisement