प्रभु बैंकको नयाँ शाखा एकडारामा, अख्तियारका आयुक्त पाठकले गरे उद्घाटन

Advertisement

काठमाडौंः प्रभु बैंकले महोत्तरीको एकडारामा बुधबार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले यस शाखाको उदघाटन गरे ।

स्थानीय तहमा आप्mना शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको सञ्जाल विस्तार गर्ने क्रममा एकडारामा शाखा खोलिएको बैंकले जनाएको छ । कार्यक्रममा महोत्तरीका सरकारी कार्यालयका प्रतिनिधि, दलका प्रतिनिधि, व्यवसायिक संघसंस्थाका प्रतिनिधिलगायत सहभागी थिए । नयाँ शाखाले स्थानीय जनता, फर्म, कम्पनी, संघ संस्थाहरुलाई बैंकको गुणस्तरीय सेवा उपभोग गर्न र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement