नेपाललाई क्यानडाको १९५ रनको लक्ष्य, विश्वकप छनोट यात्रा कठिन

Advertisement

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाललाई क्यानडाले जितका लागि १९४ रनको बिशाल लक्ष्य दिएको छ । विन्हकको वन्डर्स मैदानमा भएको खेलमा नेपालले टस जितर सुरुवाती फिल्डिङ रोजेको थियो ।

निर्धारित ५० ओभरको खेलमा क्यानडाले ८ विकेट गुमाउदै १९४ रन जोडेपछि नेपालले जितका लागि फराकिलो लक्ष्य पाएको छ । नेपालको बलिङ विगतको तुलनामा आजको खेलमा नचल्दा नेपालले ठुलो लक्ष्य पाएको हो ।

क्यानडाका लागि सतिसमरन्जित विजरत्नेले १५२ बलको सामना गर्दै सतक प्रहार गरे । क्यानडाका लागि हामजा तारिखले २४ र एसएस धिन्डसाले १८ रनको योगदान दिएपछि ठुलो योगफ तयार पारेको हो ।

नेपालका लागि आस गरिएका खेलाडी सन्दिपले जादु देखाउन नसक्दा नेपालपछि परेको हो । उनले नेपालका लागि २, वसन्त रेग्मीले ३, करण केसीले १, शरद भषवाकरले १ विकेट लिए ।

Advertisement

Advertisement

Advertisement