हिमालयन बैंकको कार्डबाट सामान किन्दा अब १० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौंः हिमालयन बैंकले आफ्ना ग्राहकलाई नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् ।

यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (पीओएस) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत ग्राहकले पोइन्ट अफ सेल ेशिनबाट सामान खरिद गर्दा पाँच प्रतिशत र अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् ।

उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सुरुवात गर्ने पहिलो बैंक हिमालयन बैंक हो । यस बैंकको मुलुकभर ९५ एटिएम काउन्टर र तीन हजार बढि पीओएस मेशिनहरु संचालनमा छन् ।

Advertisement

Advertisement

Advertisement