नेपालको क्यानडामाथि सनसनीपूर्ण जित, विश्वकप क्वालिफायर खेल्ने, करण नायक सावित

Advertisement

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाल क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकालेको छ । यो संगै नेपालको विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने भएको छ । करण र सन्दीपको जोडीले ५१ रनको साझेदारी गर्दै अन्तिम ओभरमा ८ रन निकाल्दै नेपाललाई जीत दिलाएको हो ।

आज खेलमा बिशेषगरी कप्तान पारस खड्का सुन्य रनमा आउट हुनु, ज्ञानेन्द्र मल्लले पनि खासै प्रदर्शन गर्न नसक्नु, र शरद भेसावाकर पनि पांच बल खेलेर एक रनमै आउट भएपछी नेपालको हार पक्का भएको हो । यो जित संगै नेपाल र युएई विश्वकप क्वालिफायरमा पुगेका छन् ।



नेपालका लागि दिलिप नाथले मात्र सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै, आरके पौडेलले २७ र दिपेन्द्र सिंह एरीले २६ रनको योगदान गरेका थिए । नेपाल १९५ रनको लक्ष पछ्याउनेक्रममा नेपाल लाई क्यानडाले जितका लागि १९४ रनको बिशाल लक्ष्य दिएको छ । विन्हकको वन्डर्स मैदानमा भएको खेलमा नेपालले टस जितर सुरुवाती फिल्डिङ रोजेको थियो । निर्धारित ५० ओभरको खेलमा क्यानडाले ८ विकेट गुमाउदै १९४ रन जोडेपछि नेपालले जितका लागि फराकिलो लक्ष्य पाएको छ ।



नेपालको बलिङ विगतको तुलनामा आजको खेलमा नचल्दा नेपालले ठुलो लक्ष्य पाएको हो । क्यानडाका लागि सतिसमरन्जित विजरत्नेले १५२ बलको सामना गर्दै सतक प्रहार गरे । क्यानडाका लागि हामजा तारिखले २४ र एसएस धिन्डसाले १८ रनको योगदान दिएपछि ठुलो योगफ तयार पारेको हो ।

नेपालका लागि आस गरिएका खेलाडी सन्दिपले जादु देखाउन नसक्दा नेपालपछि परेको हो । उनले नेपालका लागि २, वसन्त रेग्मीले ३, करण केसीले १, शरद भषवाकरले १ विकेट लिए ।

Advertisement

Advertisement

Advertisement