एमबिबिएस पढन ४,३४६ विद्यार्थी विदेशिए, झण्डै २२ अर्ब बाहिरियो

Advertisement

काठमाडौंः पछिल्ला पाँच वर्षमा मेडिकल शिक्षा अध्ययनका लागि मुलुकबाट २२ अर्ब रुपियाँ बिदेसिएको कुरा सरकारी तथ्यांकबाट देखिएको छ । देशमा एमबिबिएस पढनका लागि पर्याप्त कोटा नभएपछि र स्वास्थ्य क्षेत्रमा अन्योल र अस्थिरता हुँदा यति ठूलो रकम बाहिरिएको हो ।

स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट पाइँदैन भने नयाँ मेडिकल कलेजहरु खुल्न डा. गोविन्द केसीको आन्दोलनपछि बन्द भएको छ । अन्य सरकारी तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा चार हजार तीन सय ४६ जना विद्यार्थी एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेशिएका छन् ।

विदेशिएका हरेक विद्यार्थीले कम्तिमा ५० लाख रुपियाँका दरले खर्च गर्ने गरेको स्वयम मन्त्रालयले जनाएको छ । विद्यार्थीले शिक्षण शुल्कबापत बुझाउने शुल्क अध्ययन गरी शिक्षा मन्त्रालयले २१ अर्ब ७३ करोड रुपियाँ मुलुकबाट बाहिरिएको जनाएको हो ।

मन्त्रालयका उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतमका अनुसार नेपाली विद्यार्थी मेडिकल शिक्षाका लागि विशेष गरी भारत, बंगलादेश, चीन, रसियालगायत मुलुक जाने गर्छन । सन् २०१३ मा पाँच सय ६५, सन् २०१४ मा एक हजार ३७९, सन् २०१५ मा एक हजार ४६१, सन् २०१६ मा ४७८ र सन् २०१७ मा ४६३ जना विदेश अध्ययन गर्न गएका छन्।

सरकारले आफूले पनि पर्याप्त मेडिकल कलेजहरु नखोल्ने र निजी क्षेत्रलाई पनि खोल्न नदिने, भएका कलेजहरुको अधिकतम प्रयोग गरी नेपाली विद्यार्थीहरुलाई विदेशिन नदिनेतर्फ कुनै पहिल गर्न नसकी गोविन्द केसीको आन्दोलन भन्दै निरीह भएर बस्ने गरेको छ ।

Advertisement

Advertisement

Advertisement