‘माइक्रोम्याक्स क्यानभास इन्फिनीटि’ अव किस्तामा पनि

Advertisement

काठमाडौंः इजि मोबाइल कियरले माइक्रोम्याक्स क्यानभास इन्फिनीटि मोवाइल फोन सरल किस्ता बन्दिमा उपलब्ध गराउने भएको छ । सुन्धाराको कियरले माइक्रोम्याक्स ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता पशुपति ट्रेड लिकंसँगको सहकार्यमा किस्तामा मोबाइल फोन उपलब्ध गराउने भएको हो ।

कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय मोडल एचएस२ सुरुमा पैसा नलिइ मासिक किस्तामा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरुले माइक्रोम्याक्सका सबै मोडलका मोवाइल फोनहरु सुन्य प्रतिशत डाउन पेमेन्टमा बिना ब्याज खरिद गर्न सक्नेछन् ।

किस्ताबन्दीको अवधि छ महिना, १२ महिना र १८ महिना रहने छ । यो सेवा इजि मोबाइल कियरको स्टोर न्यूरोड ताम्राकार मोबाइल कम्पेल्क्सको पाँचौ तला र सिटिसि मलको चौथो तलामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ग्राहकले केवल १८ हजार ५०० रुपियाँको सरल किस्ता बन्दीमा मोबाइल आफ्नु बनाउन सक्नेछन् । माइक्रोम्याक्स क्यानाभास इन्फिनीटि स्मार्टफोनका ग्राहकहरुले फोनको खरिदमा एउटा पारदर्शि कभर निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement