एमाले अध्यक्ष ओली ४१ औं प्रधानमन्त्री नियुक्त

Advertisement

काठमाडौँ: राष्ट्रपति बिद्यादेवी भण्डारीले ४१ औं प्रधानमन्त्रीको रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेकी छिन् ।राष्ट्रपति भण्डारीले नेपालका संविधानको धारा ७६ (२) बमोजिम बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेपछि राष्ट्रपति कार्यालयले आजै ओलीलाई प्रधामन्त्री रुपमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ प्रधानमन्त्रीको सकेसम्म आजै ४ बजे शपथ ग्रहण हुने सम्भावना रहेको बताए । सरकार गठनको प्रक्रिया अघि बढेकाले राष्ट्रपतिको पाथीभरा महोत्वसमा जाने आजको कार्यक्रम स्थगन भएको छ ।

यसघि, एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको थियो । गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

Advertisement

Advertisement

Advertisement