प्रधानमन्त्रीमा ओलीको दोस्रो सपथग्रहण, दुई जना मन्त्रीहरु पनि नियुक्त

Advertisement

काठमाडौंः नवनियुक्त प्रधानमन्त्री केपी ओलीले बिहीबार अपरान्ह पद तथा गोपनियताको सपथ लिएका छन् । आजै प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सपथ खुवाएकी हुन ।

आजै ओलीले आफू नेतृत्वको मन्त्रिमण्डलमा दुई जना मन्त्री नियुक्त गरेका छन् । मन्त्रि नियुक्त हुनेमा लालबाबु पण्डित र थममाया थापा छन् । पण्डितलाई जनसंख्या तथा वातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रालय दिइएको छ । मन्त्रीहरु दुवै एमालेका हुन ।

Advertisement

Advertisement

Advertisement