आइएमई जनरल इन्स्योरेन्स दाङको घोराहीमा, चाँडै थप १३ शाखा थपिँदै

Advertisement

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले दाङको घोराहीमा बिहीबार थप एक शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, केन्द्रिय सदस्यहरु भरतराज आचार्य र धु्रवराज श्रेष्ठ भारीले गरे ।

उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारी विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधि सहभागी भएका थिए । कार्यक्रममा ढकालले ग्राहकहरुलाई सर्वसुलभ तरिकाले बीमा सेवा प्रदान गर्दै निर्जीवन बीमाको क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा स्थापित हुन आइएमई जनरल इन्स्योरेन्स सफल हुनुपर्ने बताए ।

उनले स्थानीय उद्योगी व्यापारीलगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आाइएमई जनरल इन्स्योरेन्समा आफनो व्यावसाय तथा सम्पत्तीको बीमा गराएर उच्चकोटीको सेवा लिन पनि उहांले आग्रह गरे ।

उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने बताए ।

कम्पनीको आज थपिएको शाखासहित कुल शाखा संख्या २७, उपशाखा चार र सेवा काउन्टर १० पुगेको छ । कम्पनीले निकट भविष्यमा नै थप १३ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्ने जानकारी पनि दिएको छ ।

आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक शरण रेग्मीले कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्सालबाट ३६५ दिने बीमा सेवा प्रदान गरिरहेको जानकारी दिए ।

उनले कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकसम्म ३२ हजार १५५ बीमा लेखबाट करिब ४३ करोड बीमा शुल्क आर्जन गरी चार करोड ८२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताए । कम्पनीले आफ्ना शाखा, उपशशाखा तथा सेवा काउन्टरहरुमार्फत ग्राहक महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement