जिओनी एवान लाइट अब २० हजारमा

Advertisement

काठमाडौंः जिओनी फोनको आधिकारिक वितरक टेलिटक नेपालले जिओनी एवान लाइट फोनको मूल्य कम गरी २० हजार ५७० मा नै उपलब्ध गराउने भएको छ । कम्पनिले जिओनी एवान लाइटको बजारमा माग व्यापक रहेको र युवाबिच प्रसिद्ध रहेकाले फागुन २ गतेदेखि जिओनी ए वान लाइटको मूल्य कम गरेको हो ।

पाँच दशमलव ३० इन्च टचस्क्रिन रहेको फोनमा एक दशमलव ३ गिगाहर्ज ओक्टा–कोर मिडियाटेक एमटि ६७५३ भी प्रोसेसर रहेको छ । साथै, तीन जिबि र्याम र ३२ जिबि बाट २५६ जिबिसम्म इन्टरनल स्टोरेज बढाउन सकिने कम्पनीले जनाएको छ ।

सेल्फी र ब्याट्रीमा सर्वोत्कृष्ट रहने प्रयासमा सदैव अग्रसर जिओनीको फोनमा १३ मेगापिक्सलको प्रमुख क्यामरा र २० मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ भने चार हजार एमएएच ब्याट्री रहेको छ ।

Advertisement

Advertisement

Advertisement