सूर्योदय लघुवित्तको ७० प्रतिशत हकप्रद फागुन २४ देखि

Advertisement

काठमाडौंः सूर्योदय लघुवित्त वित्तीय संस्थाले फागुन २४ गतेदेखि ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले एक सय रुपियाँ अंकित १ः०.७ को अनुपातमा दुई लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीको हकप्रदमा माघ २५ गतेसम्ममा कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । आवेदकले चैत २८ गतेसम्ममा हकप्रद भर्न सक्नेछन् । हकप्रदको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । सूर्योदयले यसअघि १९ प्रतिशत बोनस सेयर वितरण गरिसकेको छ ।

बोनसपछि कायम भएको चार करोड रुपियाँ चुक्त पुँजीबाट दुई करोड ८० लाख रुपियाँ बराबरको हकप्रद कम्पनीले निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले हकप्रदका लागि संस्थाको मुख्य कार्यलय स्याङजा, ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, पर्वत, गुल्मी, लमजुङ र प्युठान शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् । साथै, आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्कासनपछि भने संस्थाको चुक्त पुँजी छ करोड ८० लाख रुपियाँ पुग्नेछ । चालु आर्थिक वर्षको दास्रो त्रैमासमा सूर्योदयले एक करोड एक लाख ६४ हजार रुपियाँ खुद नाफा गरेको थियो ।

Advertisement

Advertisement

Advertisement