प्रम ओलीले भने - सरकारले छिट्टै पूर्णता पाउँछ

Advertisement

काठमाडौँ: नव नियुक्ता प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समूदायलाई शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले शेर्पा समुदायले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा परिचितगर्न खेलेको भूमिकाप्रति धन्यवाद पनि दिए । प्रधानमन्त्रीले नेपाल बहुजाती, बहुसाँस्कृतिक, बहुभाषिक देश भएको उल्लेख गर्दै नेपालको यस प्रकारको मौलिक विविधता हाम्रो राष्ट्रिय एकताको आधार रहेको बताए ।

प्रधानमन्त्री ओलीले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनपछि देशमाआधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको उल्लेख गर्दै भनेका छन्, ‘यही निर्वाचनको परिणाम अनुसार देशले नयाँ प्रधानमन्त्री पाएको छ । अब चाँडै नै सरकारले पूर्णता पाउने विश्वास म यहाँहरुलाई दिलाउँछु ।’

प्रधानमन्त्रीले अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताउँदै भनेका छन्, ‘प्राकृतिक स्रोत,साधन र मानवीय स्रोतले नेपाल उन्नत ठाउँ हो । अब सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारीकाअवसरहरु सृजना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्नेछ । देशको यो मुलप्राथमिकतामा सम्पूर्ण शेर्पा समुदायको साथ सहयोग रहनेछ भन्ने विश्वास मैले लिएको छु ।

राष्ट्र, राष्ट्रियता, स्वभिमान, शान्ति र लोकतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले संविधानले निर्दिष्ट गरेका मौलिकहकको प्रत्याभूतिका लागि सरकार सधैं प्रतिबद्ध रहने बताए ।

Advertisement

Advertisement

Advertisement