नीजि क्षेत्रको सरकारसँग अपेक्षा: आर्थिक समृद्धिसँगै लगानी मैत्री वातावरण

Advertisement

काठमाडौँ: नयाँ सरकार गठन भएसँगै नीजि क्षेत्रका व्यवसायीहरुले नेपालको राजनीतिक संक्रमणकाल समाप्त भएसँगै सरकारले अबको एजेन्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास ब्यक्त गरेका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले देशले गर्नु पर्ने सम्पूर्ण राजनैतिक परिवर्तनहरु सम्पन्न गरि बनेको नयाँ सरकारले अब आर्थिक परिवर्तन तथा सम्वृद्धिलाई आफ्नो लक्ष बनाउने अपेक्षा परिसंघले गरेको बताए ।

नेपालको राजनीतिकपुनःसंरचनालाई संस्थागतगर्दै तिन वटै तहकानिर्वाचन सम्पन्नभई स्थानीयतहमा सरकार गठन भई कार्य सम्पादनप्रारम्भ भई सकेको छ, उनले भने ।

परिसंघले हिजै एक बिज्ञप्ति प्रकाशित गर्दै भनेको छ, "सबै प्रदेशमा सरकार गठनको प्रक्रियाक्रमशःपूरा गरीदेशले दीगो,शान्ति र सम्वृद्धिको अपेक्षा गरिरहेको बेला प्रधानमन्त्रीओलीको नेतृत्वमा बनेको नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनु पर्ने विषयलाई आत्मसातगरी आर्थिक समृद्धिको एजेण्डालाई नै प्राथमिकतामा राख्ने छ भन्ने विश्वास परिसंघले लिएको छ ।
नयाँ सरकारले नीजि क्षेत्रका समस्यालाई सम्बोधन गर्दै औद्योगिक लगानी प्रवद्र्धनको साथै रोजगारी श्रृजनामा सुनिश्चितवातावरण कायम गरी मुलुकमाऔद्योगिक क्रान्ति, पूर्वाधार विकास तथा सुशासनको पूर्ण प्रत्याभूती दिने विश्वास परिसंघले गरेको छ ।

यस्तै, नेपाल चेम्वर अफ कमर्सले नयाँ सरकार गठन भएकोप्रति खुशी व्यक्त गरेको छ ।

नवनिर्वाचित प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेन्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास चेम्वरले गरेको छ । राजनीतिक संक्रमणकाल समाप्त भएसँंगै मुलुक आर्थिक समृद्धितर्फ अग्रसर हुने विश्वास चेम्वरले लिएको छ ।

विकाशशिल मुलुकको रुपमा रहेको देशलाई विकशित राष्ट्रको दर्जामा पु¥याउने महाअभियानमा नयाँं सरकार लागिपर्ने विश्वास चेम्वरले लिएको छ । यसका लागि गरिवी, बेरोजगारी हटाउनेतर्फ सरकार तत्पर भएर लाग्ने विश्वास चेम्वरले गरेको छ ।
चेम्वरले मुलुकको आर्थिक समृद्धिका लागि नयाँं सरकारसँंग मिलेर जान आफूहरु तत्पर रहेको पनि जनाएको छ । यसका लागि लगानीको वातावरण बनाउनेतर्फ लाग्न सरकारको ध्यानाकर्षण पनि गरेको छ । निजी क्षेत्रसँंग सहकार्य गरेर अगाडि वढन पनि चेम्वरले सरकारसँंग विशेष आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement