आइएमई जनरल इन्स्योरेन्सले आज अर्को शाखा थप्यो, सुर्खेतमा २९औं शाखा

Advertisement

सुर्खेतः आइएमई जनरल इन्स्योरेन्सले सुर्खेतमा आजदेखि एक नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले सुर्खेतमा आफ्नो २९औं शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले गरे । समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लगायत बैंक, वित्तीय संस्था तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

सञ्चालक राईले देशको विभिन्न भागका जनताहरुलाई घर दैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको बताए । उनले स्थानीय उद्योगी व्यापारी लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आाइएमई जनरल इन्स्योरेन्ससंग आफनो व्यावसाय तथा सम्पत्तीको बीमा गराउन आग्रह गरे ।

प्रमुख कार्यकारी श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेकाले बीमा गराई ढुक्कसंग व्यवसाय संचालन गर्न आग्रह गरे ।

कम्पनीले नयाँ शाखासहति २८ शाखा, चार उपशाखा तथा १० सेवा काउण्टरहरु र प्रधान कार्यालबाट सेवा दिइरहेको छ । साथै कम्पनीले थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर भविष्यमा ५४ स्थानबाट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement