टिसिएलका नयाँ मोडलका स्मार्ट टिभीहरु नेपालमा, यस्ता छन् विशेषता

Advertisement

काठमाडौंः अमेरिकी बजारमा लोकप्रिय रहेका टिसिएल ब्राण्डको नयाँ मोडलहरु एससिक्स, एससिक्सिटू मोडलका स्मार्ट टेलिभिजनहरु नेपाली बजारमा आएका छन् । टिसिएलले नयाँ डिजाइन थप्दै यी मोडलहरु नेपालमा ल्याएको यस ब्राण्डको नेपालको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

स्टाइलिस डिजाइन भएका यी टिभीहरुमा छ जिबी डीडीआरथ्री र्याम्प, क्वार्डकोर १ जिएचजेड प्रोसेसर, वाइयूपीपी टिभी, नेटफ्क्सि, वायरलेस मोनिटर जस्ता विशेषताहरु रहेका छन् । विश्वकै ठूलो टिभी ब्राण्डको रुपमा चिनिएको अमेरिकी ब्राण्ड टिसिएल नेपालमा पनि तीब्र गतिले बजार लिँदै गएको छ ।

टिसिएलको एलइडी टिभी विश्वको तेस्रो ब्राण्ड रहेको जनाउँदै सिजी इलेक्ट्रोनिक्सले नयाँ आयाम र उत्पादनहरुको डिजाइन थप्दै विश्वस्तरीय टिभीहरु आफ्ना उपभोक्ताहरुमाझ ल्याउँदै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement