सिन्धुलीमा जीप दुर्घटना हुँदा चारको मृत्यु, १० घाइते

Advertisement

काठमाडौंः सिन्धुलीको कमलामाई नगरपालिकामा जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा चार जनाको दुर्घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका अनुसार वीपी राजमार्गको सेल्फीडाँडा नजिकैको सडकमा जीप ५० मिटर तल खसेको हो । घटनापछि घाइतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement