
काठमाडौः देवः विकास बैङ्कले चुक्ता पुँजीको ४० प्रतिशत अर्थात ६५ लाख ३३ हजार १०८ दशमलव ५९ कित्ता हकप्रद जारी गर्ने भएको छ । सेयर जारी गर्न बैंकको सेयरधनी किताब बन्द गर्ने मिति तोकिएको छ ।
गएको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले फागुन १७ गते बुकक्लोज गर्ने निर्णय गरेको हो । देवः विकास बैंकको चुक्ता पुँजी अहिले एक अर्ब ६३ करोड ३२ लाख रहेको छ ।

